दिपायल – आदर्श गाउँपालिकाले विद्यालय स्तरीय खुल्ला देउडा प्रतियोगिता आयोजना गरेको छ । ५९औं बाल अधिकार दिवसका अवसर पारेर अन्तरपालि विद्यालय स्तरीय देउडा प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा पालिकाका ८ वटा मावि विद्यालयहरुले सहभागिता जनाएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख तेज साउदले बताए । प्रतियोगितामा काली भैरव मावि कोटान्जरले प्रथम स्थान हासिल गरेको थियो। त्यस्तै लक्ष्मी मावि काँडी दृतीय र भगबती मावि तलाराले तृतीय स्थान हासिल गरेको थियो ।
प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद १० हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै दृतीय हुने विद्यालयलाई नगद ८ हजार र तृतीय हुने विद्यालयलाई नगद ६ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो। अन्य सहभागी पाँच विद्यालयलाई नगद ३ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो।
विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक तथा जनप्रतिनिधिहरु सहभागी उक्त कार्यक्रमले बाल अधिकार र बाल विवाह सम्बन्धी महत्वपूर्ण संदेश प्रवाह गरेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी रोकायाले बताइन् । हाम्रो समाजमा लुकीचोरी बाल विवाह गर्ने प्रचलन अझै पनि कायम छ, जसलाई कानुनले बन्देज गरेको छ,” उनले भनिन्,”परिवारको सहतिमा गरिने बालविवाहमा पछिल्लो समय कमी आएको छ, तर बालबालिकाहरु उमेर नपुगेरै भागी विवाह गर्ने गर्छन् । यस्ता कार्यक्रमले बालबालिका तथा अभविभकलाई कानुनी प्रावधान, सम्बाभित शारीरिक, मानसिक समस्या र जीवनयापनका विषयमा सचेतना हुने भएकाले डेउडा प्रतियोगिता आयोजना गरिएको हो । यसले सामाजिक सचेतना र कानुनी सन्देश दिएको छ ।”
बालबालिकाको अधिकार, हकहित र संरक्षणका लागि परिवार समाज र सरकार संवेदनशील हुनुपर्ने आदर्श गाउँपालिकाका अध्यक्ष गर्नेश खड्काले बताए । “बालबालिकाहरु भविष्यका कर्णधार हुन्, उनीहरुनै यो समाज र देशका खम्बा हुन्,” खड्काले भने,” बालबालिकाको हकहित, अधिकार र संरक्षणका लागि हामी संधै तत्पर छौं । पालिकामा शिक्षित बिजनेस भन्दापनि शैक्षिक गुणस्तर कायम गर्न चाहन्छौं।”
दुई दिन सम्म संचालन भएको उक्त कार्यक्रममा सिड नेपालको पनि समन्वय रहेको थियो । कार्यक्रममा कलाकारहरु हरी सुदामा जैसी र मिना नमजालिको पनि प्रस्तुति रहेको थियो ।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...