२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

जिल्ला अस्पताल अछामको आईश्वलेसनमा भर्ना भएकी महिलाको मृत्यु

जिल्ला अस्पताल अछामको आईश्वलेसनमा भर्ना भएकी महिलाको मृत्यु भएको छ । मंगलसेन नगरपालिका वडा नं. ५ घर भएकी ५१ बर्षिय महिलाको निधन भएको हो ।

कोरोना भाईरसको सामान्य लक्षण देखिए पछि वैशाख १५ गते अस्पतालको आईस्वलेसन कक्षमा भर्ना भएकी महिलाको निधन भएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताए ।

उनको बिहिबार बिहान निधन भएको अस्पतालले जनाएको छ । स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाका अनुसार उनको कोरोना भाईरसको आरडिटी परिक्षणको रिपोर्ट नेगेटिभ छ । पिसिआर परिक्षणको लागि स्वाब संकलन गरेर सुर्खेत पठाईएको स्वास्थ्य प्रमुख ढुंगानाले बताए।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०७७ बैशाख १८

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP