२०८१ फाल्गुन ३, शनिबार
February 15, 2025, Saturday

हागुल्टेमा अटो दुर्घटना हुँदा डोटीका दुई जनाको मृत्यु


दिपायल –  अटो रिक्सा दुर्घटनामा परी डोटीका दुई जनाको मृत्यु भएको छ। कैलालीबाट डोटी फर्किने क्रममा अटो रिक्सा दुर्घटना भएको हो ।
डडेल्धुरा जिल्ला अन्तर्गत पर्ने भीमदत्त राजमार्गको हगुल्टे लेकमा भएको उक्त दुर्घटनामा शिखर नगरपालिका- ८ का पदम बलायर र केशव महराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकका अनुसार अटोमा सवार वीरबहादुर कुँवर घाइते छन् । उनलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा पुगाइएको प्रहरी निरीक्षक नायकले बताए ।

Related News

प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
  • २०८० भाद्र २७

दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...

TOP