२०८२ बैशाख १३, शनिबार
April 26, 2025, Saturday

चार लाख भारुसहित एक पक्राउ

धनगढी – स्रोत नखुलेको चार लाख ७४ हजार पाँच सय भारुसहित कैलाली प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१ वनखेतका ३५ वर्षीय रमेशबहादुर तिरुवा रहेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटेको प्रहरी टोलीले स्रोत नखुलेको पैसा र लागुऔषधसहित पक्राउ गरेको हो ।

उनको साथबाट सुपर पावर नामक सुर्तीको कभरमा लुकाई छिपाइ राखेको दुई ग्राम १९० मिलिग्राम लागुऔषध र कार्टुनमा लुकाएर राखेको रुपियाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनुभयो । तिरुवालाई नियन्त्रणमा लिएर थप अनुसन्धानको काम भइरहेको उनले बताए ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० भाद्र १५

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP