२०८२ माघ २, शुक्रबार
January 16, 2026, Friday

एसिया कप किक्रेट : नेपालले लियो पाकिस्तानको दुई विकेट

दिपायल- नेपालले लगातार दुई ओभरमा पाकिस्तानको दुई विकेट लिन सफल भएको छ । नेपालका लागि पहिलो विकेट करण केसीले लिएका छन् भने दोस्रो विकेट रन आउट गराएको हो ।

करण केसीले पाकिस्तानी ओपनर फकहर जमानलाई १४ रनमा आउट गर्न सफल भएका हुन् । करणको ओभरलगत्तै बलिङ गर्न आएका सोमपालको बलमा रन लिन खोज्दा इमाम उल हकलाई कप्तान रोहित पौडेलले रन आउट गर्न सफल भएका हुन् ।

पाकिस्तानले एसिया कप क्रिकेटमा नेपालविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ । कप्तान बाबार आजमले टस जितेपछि घरेलु टोली पाकिस्तानले मुल्तान क्रिकेट रंगशालामा नेपाललाई फिल्डिङका लागि बोलाएको हो ।

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०८० भाद्र १३

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP