२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

एसिया कप किक्रेट : नेपालले लियो पाकिस्तानको दुई विकेट

दिपायल- नेपालले लगातार दुई ओभरमा पाकिस्तानको दुई विकेट लिन सफल भएको छ । नेपालका लागि पहिलो विकेट करण केसीले लिएका छन् भने दोस्रो विकेट रन आउट गराएको हो ।

करण केसीले पाकिस्तानी ओपनर फकहर जमानलाई १४ रनमा आउट गर्न सफल भएका हुन् । करणको ओभरलगत्तै बलिङ गर्न आएका सोमपालको बलमा रन लिन खोज्दा इमाम उल हकलाई कप्तान रोहित पौडेलले रन आउट गर्न सफल भएका हुन् ।

पाकिस्तानले एसिया कप क्रिकेटमा नेपालविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ । कप्तान बाबार आजमले टस जितेपछि घरेलु टोली पाकिस्तानले मुल्तान क्रिकेट रंगशालामा नेपाललाई फिल्डिङका लागि बोलाएको हो ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० भाद्र १३

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP