२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

डेङ्गी रोगको संक्रमणबाट कञ्चनपुरका एक युवकको मृत्यु

कञ्चनपुर – डेङ्गी रोगको संक्रमणबाट कञ्चनपुरका एक युवकको मृत्यु भएको छ ।

बेलौरी नगरपालिका वडा नम्बर ८ पचुइ स्थित स्कुल टोलमा बस्ने २८ बर्षीय हिक्मत खत्रीको डेङ्गीबाट संक्रमित भई मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

अत्यधिक ज्वरो आएपछि धनगढी स्थित नोभा अस्पतालका लगिएका खत्रीको उपचारकै क्रममा गएराति मृत्यु भएको बताइएको छ ।

बेलाबेलामा रोजगारीकालागी भारत जाने गरेका उनी एक हप्ता अगाडि मात्रै घर फर्किएका थिए । भारतबाटै डेङ्गी संक्रमित भए वा घर फर्किएपछि भन्ने विषयमा खुल्न सकेको छैन ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० भाद्र १२

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP