२०८२ बैशाख १३, शनिबार
April 26, 2025, Saturday

केरामा फेला पर्‍यो ‘पानामा टीआरफोर’ रोग

धनगढी – कैलालीका केरामा नयाँ प्रजातिको ट्रोपिकल रेस ४ (टीआरफोर) रोग फेला परेको छ। कैलालीको टीकापुरका केरा बगैँचामा पानामा टीआरफोर रोग लागेको फेला परेको हो।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायले गरेको अनुसन्धानले केरा ओइलाउने (पानामा) रोगको नयाँ प्रजाति ट्रोपिकल रेस ४ (टीआरफोर) पहिलो पटक फेला परेको पुष्टि गरेको छ।

कृषि वैज्ञानिकले २०८० साउन १० गतेदेखि कैलालीका नौ जना किसानका केरा बगैँचामा पुगेर आठ हजार केराका बोटको अवलोकन गरेका थिए। रोगसँग मिल्दो लक्षण देखिएको नमुनालाई प्रयोगशालामा कल्चर गर्दा जीवाणु देखिएको र पछि पीसीआर गर्दा चार वटा बगैँचाबाट लिइएका नमुनामा पोजेटिभ देखिएको थियो। टीकापुर नगरपालिकाका वडा २, ५ र ७ मा रोग देखिएको हो।

भारतमा भने पाँच वर्षअघि नै यो रोग देखा परेको थियो। नेपालमा पहिलो पटक टीकापुरमा देखा परे पनि सावधानी देशैभर अपनाउनु पर्ने वैज्ञानिकहरुले बताएका छन।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० भाद्र ७

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP