बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब २ बजेको समयमा दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुने चार महिला र तीन पुरुषमध्ये ६ जना भारतीय नागरिक र एक जना नेपाली रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
डीएसपी क्षेत्रीका अनुसार मृत्यु हुनेमा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यावती, ७० वर्षका राजेन्द्र चतुर्वेदी, ६५ वर्षका श्रीकान्त चतुर्वेदी, ६७ वर्षकी बैजन्ती देवी र ६५ वर्षीया मीरादेवी रहेका छन् ।
दुर्घटनामा महोत्तरीको लोहारपटी– ५ का ४१ वर्षीय विजयलाल पण्डितको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
चालकसहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिणतर्फको खोलामा खसेको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् । उनीहरूको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको डीएसपी क्षेत्रीले जानकारी दिए ।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...