२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

पत्रकार र राजनीतिज्ञमाथि जिसस डोटीका पूर्व संयोजकको भद्दा टिप्पणी


“नेपालमा काम नपाएकाहरु कि पत्रकार बन्छन् कि राजनीतिज्ञ”

दिपायल- जिल्ला समन्वय समिति डोटीका पूर्व संयोजक एवं एमाले नेता रामबहादुर ऐरले पत्रकार र राजनीतिज्ञमाथि भद्दा अभिव्यक्ति दिएका छन् । सामाजिक सञ्जाल फेकबुक मार्फत उनले भद्दा टिप्पणी गरेका हुन् ।

ऐर लामो समय नेकपा एमालेको जिल्ला कमिटीमा काम गरेका नेता हुन् । उनी एमाले डोटी भित्रका प्रभावशाली नेता मानिन्छन् ।

एमाले नेता ऐरले फेसवुकमा लेखेका छन्,“नेपालमा काम नपाए पछि कि पत्रकार बन्छ कि राजनीतिज्ञ किनकि यी कार्यकालागि नयोग्यता चाहिन्छ नअनुभब खोल ओडेर अरुलाइ थर्काउन पाइन्छ ।” उनले काम नपाएर पत्रकार र राजनीतिज्ञ बन्छन् मात्र भनेनन् सिंगो पत्रकारिता र राजनीतिक क्षेत्रमा वितृष्णा उत्पन्न हुने गरेर अभिव्यक्ति दिएका छन् । पत्रकारिता र राजनीतिक क्षेत्रमा संलग्न व्यक्तिहरुको योग्यता र अनुभव नै नहुने बताएका छन् । पेशाको खोल ओढेर अरुलाई थर्काउने गरेको आरोप पनि छ ।

नेता ऐर पछिल्लो समय सामाजिक सञ्जालमा पत्रकारहरुप्रति आक्रोस व्यक्त गर्दै आएका छन् । उनले पत्रकारलाई भतुवा, झोले जस्ता अनेश शब्द प्रयोग गर्दै आएका छन् । उनको अभिव्यक्ति पछि जिल्लाका एमाले नेता, कार्यकर्ता र भातृ संगठनका व्यक्तिहरु पत्रकारितामाथि साइवर हमला गर्दै आएका छन् ।

ऐर लगायत एमाले उपाध्यक्ष मञ्जु मलासी लगायतका अन्य व्यक्तिहरुले तुच्छ, अभद्र शव्दहरु प्रयोग गर्दै सामाजिक सञ्जालमा पत्रकार र पत्रकारीमाथि प्रहार गर्न थाले पछि जिल्लाका ३ वटा पेशागत संगठनहरु नेपाल प्रेस युनियन, प्रेस सेन्टर, समाजवादी प्रेस संगठनले आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारी गरेका छन् । त्यस्तै नेपाल पत्रकार महासंघ, डोटी, प्रदेश समिति र केन्द्रीय समितिले समेत घटनाको भत्र्सना गर्दै विज्ञप्ति जारी गरेका छन् ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० भाद्र ४

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP