२०८२ बैशाख १३, शनिबार
April 26, 2025, Saturday

अत्तरियाको सत्यवती एकेडेमीमा आगलागी

अत्तरिया – अत्तरियामा रहेको एक स्कुलमा आगलागी भएको छ । गोदावरी नगरपालिका वडा न २ रिङ्गरोडमा रहेको सत्यवती एकेडेमीमा आगलागी भएको हो ।

बुधवार बिहान करीब ५ बजेतिर भवनको तेस्रो तलामा रहेको कम्प्युटर ल्याबमा आगलागी हुँदा स्कुललाई ठुलो मात्रामा नोक्सानी भएको छ ।

आगलागी हुँदा उक्त ल्याबमा रहेका ७० थान कम्प्युटर, २ थान एसी, २ थान सिसी क्यामेरामा क्षति भएको छ । ल्याबमा रहेका ७० थान कम्प्युटर मध्ये ४१ वटा कम्प्युटर पूर्ण रुपमा जलेर नस्ट भएका छन भने २९ वटा कम्प्युटरमा आँसिक रुपमा क्षति भएपनी काम नलाग्ने भएका छन् । त्यसैगरि एसी र सिसी क्यामेरा पूर्ण रुपमा जलेर नस्ट भएका छन ।

आगलागीबाट कम्प्युटर, एसी, सिसी क्यामेरा, फर्निचर गरी करीब ३५ लाख बराबरको क्षति भएको स्कुलका सस्थापक वीर बहादुर कडायतले जानकारी दिए । उनले भने ू संगै रहेको साइन्स ल्याबमा भने क्षति भएको छैनू यदी क्षति भएको भए स्कुलको भवन नै सखाप हुने थियो । विधुत सर्ट हुँदा आगलागी भएको हुनसक्ने उनको भनाइ छ ।

अहिले ईलाका प्रहरी कार्यालय मालाखेती, स्थानिय लगायतको सहयोगमा आगो नियन्त्रणमा लिईएको छ ।

गोदावरी नगरपालीकाको दमकल भने आगो नियन्त्रण भैसकेपछि घटनास्थलमा पुगेको बताईएको छ ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० श्रावण ३१

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP