२०८२ बैशाख ६, शनिबार
April 19, 2025, Saturday

भीमदत्त राजमार्ग अवरुद्ध हुँदा, किसानले उत्पादन गरेको तरकारी कुहिन थाले

सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग विगत एक सातादेखि अवरुद्ध हुँदा पहाडी जिल्लामा डिजेल, पेट्रोल र एलपी ग्यासको अभाव भएको छ। पहिरोका कारण कैलालीको गोदावरी नगरपालिका–४, बुढीतोला क्षेत्रको सडकखण्ड अवरुद्ध भएको हो।

त्यस्तै तरकारी पनि बजारमा लैजाने नसक्दा बारीमा नै कुहिएको छ। साउन २३ गते बिहान खसेको पहिरोले सडक अवरुद्ध हुनका साथै भासिएको छ। सडक अवरुद्ध भएको पाँच दिनपछि शनिबार मात्रै ट्र्याक खोलिए पनि हिलाम्मे सडकमा यातायात सेवा सञ्चालन हुन सकेको छैन।

तराई र पहाड जोड्ने मुख्य राजमार्ग एक सातासम्म अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तु तथा अन्य सामग्री ढुवानीमा पनि समस्या भएको व्यवसायीले बताएका छन्। यातायातका साधन सञ्चालन नहुँदा डिजेल र पेट्रोलको अभाव चुलिएको छ भने पहाडका किसानले उत्पादन गरेको तरकारी कुहिन थालेको छ।

यहाँबाट तरकारी खरिद गरेर तराई झरेका ट्रकहरू सडकमै अलपत्र परेका कारण तरकारी कुहिएपछि खानीडाँडा र बुढीतोला क्षेत्रमा फालिएको ट्रक चालक दीपक भट्टले बताउनुभयो। एकसातामा डिजेल र पेट्रोल बोक्ने ट्याङ्करले दुई वटा पेट्रोल पम्पमा आठ पटक तेल आसोर्ने गरेको बताइन्छ।

चार पटक ट्याङ्कर आउँदा ४८ हजार लिटर डिजेल र पेट्रोल आउने गरेको अमरगढी नगरपालिका–१ स्थित सहस्रलिङ्ग वीरबेतार आयल स्टोरका सञ्चालक राजु ऐरले बताए । तराई पहाड जोड्ने मुख्य राजगमार्ग अवरुद्ध भए पनि जिल्लाका अन्य सडक सञ्चालनमै रहेका छन्।

उग्रतारा डडेलधुरा सार्वजनिक यातायात प्रालिका अध्यक्ष मानबहादुर साउदले जिल्लास्थित यातायातका साधन सञ्चालन भइरहेको जानकारी दिए । मुख्य नाकामै राजमार्ग अवरुद्ध भएपछि समस्या देखिएको हो। विभिन्न जिल्लाका पेट्रोल पम्पहरू रित्तिन थालेका छन्।

पहाडी जिल्लामा उत्पादन भएको तरकारी निर्यात हुन नसक्दा कुहिन थालेको तरकारी व्यावसायीको गुनासो छ।

निगुरो, काउली, बन्दा, खुर्सानीलगायत हरियो तरकारी कुहिएपछि करिब २० क्विन्टल फाल्नु परेको छ। दैनिक २० देखि ४० क्विन्टलसम्म तरकारी तराई जिल्ला निर्यात गर्दै आएकोे बताए ।

डडेलधुरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष द्विजराज भट्टले तरकारीको व्यापार मात्र नभई अन्य दैनिक उपभोग्य वस्तु तथा खाद्यको समेत समस्या देखिएको बताए । उपभोग्य वस्तु डडेलधुरामा करिब तीन महिनालाई पुग्ने भए पनि बाजुरा र बझाङमा समस्या देखिएको बताइएको छ।

Related News

नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
  • २०८० श्रावण २९

दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...

TOP