२०८२ बैशाख १३, शनिबार
April 26, 2025, Saturday

गर्भपतनका क्रममा महिलाको मृत्यु प्रकरण

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया प्रिति थापा श्रीमानसंगको सल्लाहमा पेटमा रहेको तीन महिनाको चार दिनको गर्भ पतनका लागि बिहीवार सेती प्रादेशिक अस्पताल नजिकैको मेरी स्टोप्स सामुदायीक क्लिनिक पुगिन । क्लिनिक सञ्चालकले उनलाई एउटा औषधी दिए ।

त्यसको भोलिपल्ट बिहीवार दिउसो चार बजे थापा श्रीमान देब बहादुर थापासंग पुनः मेरी स्टोप्सको क्लिनिक गईन । क्लिनिक सञ्चालकले एकैसाथ चार वटा औषधी खुवाए । त्यसलगत्तै उनी बेहोस भईन । बेहोस भएकी थापालाई तत्काल प्रादेशिक अस्पतालमा लगियो । त्यहाँ उनलाई तत्काल आईसियुमा राख्न लगाईयो ।

सेती प्रादेशिक अस्पतालका चिकित्सकले गर्भपतनका लागि खुवाएको अत्याधिक औषधीका कारण थापाको पाठेघर फुटेको र तत्काल अप्रेशन गर्नुपर्ने परिवारजनलाई बताए । परिवारजनले पनि ज्यान जोगाउन आवश्यक भएको भन्दै अप्रेशन गर्न सहमती दिदै सहमती पत्रमा हस्ताक्षर गरे । तर त्यतिबेलासम्म थापाको मृत्यु भईसकेको थियो ।

मेरी स्टोप्सका सञ्चालन बिनोद जोशी र उनकी पत्नी आशिका ओझाले औषधीको ओभर डोज दिएका कारण थापाको मृत्यु भएको परिवारजनको आरोप छ । परिवारजनले क्लिनिक सञ्चालकमाथि कारबाहीको माग गर्दै यतिबेला जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् ।

थापाको परिवारजनले क्लिनिक सञ्चालकमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गर्न लागेको जानकारी दिएका छन् ।

मृतकका आफन्तले पश्चिम टुडेसंगको कुराकानीमा क्लिनिक सञ्चालकहरुको लापरबाहीले थापाको ज्यान गएकोले उनीहरुलाई हदैसम्मको कारबाही गर्नुपर्ने बताए । यो जानाजान गरिएको हत्या हो, मृतकका आफन्तले भने, उनीहरुलाई कर्तव्य ज्यानको मुद्दामा सजाय हुनु पर्छ भन्ने हाम्रो माग हो ।न क्लिनिकको औषधीको बील छ । न औषधीको कुनै सूचि । के खुवाईयो थाह छैन ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले मृतक थापाका आफन्तहरुसंग छलफल भईरहेको बताए । उनले क्लिनिक सञ्चालक जोशीलाई पक्राउ गरी अनुसन्धान प्रकृया अघि बढाईएको पश्चिम टुडेलाई बताए ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० श्रावण २६

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP