सुदूरपश्चिमका सात ओटा पहाडी जिल्ला जोड्ने एकमात्रै भिमदत्त राजमार्ग अवरुद्ध भएको तेस्रो दिन पनी सञ्चालनमा आउन सकेको छैन् ।
सोमबार राती भएको अविरल वर्षाका रजमार्ग कारण केहि ठाँउमा सडक भासीएको छ भने कतिपय ठाँउमा पहिरो गएको छ । मंगलबार बिहानदेखी पहिरो पन्छाउने काम भईरहेको भएपनी अझैसम्म सडक सञ्चालन हुन सकेको छैन् ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका सब ईन्जिनियर नरेश प्रसाद भट्टका अनुसार आज बेलुकीसम्म बाटो सुचारु गर्ने प्रयास भईरहेको छ । आज बेलुकीसम्म साना सवारीकालागी एकतर्फी बाटो सञ्चालन गर्ने प्रयासमा आफुहरु रहेको उनले बताए । सडक खन्दा माथीबाट दलदल खसीरहेकाले केहि घण्टा काम गरेपछी थप एकिन हुने उनले बताए ।
वर्षाका कारण कैलालीमा भीमदत्त राजमार्ग अन्तरगत गोदावरी नगरपालिकाको सेल्फीडाँडा र बुढितोलामा सडक भासीएपछी त्यहाँका बस्ती समेत जोखिममा परेका छन् । पहिरो सहित सडक भासीएपछी सोमबार राती देखी दुवैतर्फको यातायात ठप्प छ ।
दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...