२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

कोरोना बिरुद्ध ‘भाकल’

डोटी ३ चैत्र (शिस)

यतिबेला नोवेल कोरोना भाईरस(कोभिड–१९)ले विश्व त्राहिमाम छ । पुरै विश्व नै ठप्प रहेको परिवेशमा नेपाली समुदाय यसबाट मुक्त हुन सकेको छैन् । यद्यपी नेपालमा यसको संक्रमण अझै देखिएको छैन् ।
यस्तोमा नेपालमा कोरोनाको संक्रमण नफैलियोस भनेर एक मन्दिरमा ‘भाकल’(देवतालाई केही दिने शर्तमा गरिने माग) गरिएको छ । सिलगढीमा रहेको प्रसिद्ध शक्तिपीठ शैलेश्वरीमा यस्तो भाकल गरिएको हो । ‘आज(आईतबार) हामीले बिहानको पुजामा भाकल गरेका छौ,’ शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेमशंकर भट्टले भने,‘अब, माता शैलेश्वरीको कृपादृष्टिले हामी सबै सुरक्षित हुनेछौ ।’ उनले नेपालभरी नै कोरोना नफैलियोस भनेर भाकल गरिएको बताए । ‘डोटीमा अझ बढी सुरक्षाको अनुनय गरेका छौ,’ उनले भने ।
भगवान शिव–पार्वतीले सयर गरेको तथा भगवान रामचन्द्र लगायतका तमाम देवीदेवताले यज्ञ गरेको पवित्र शैलेश्वरी क्षेत्रमा भाकल गर्दा सबै माग पुरा हुने मान्यता छ । ‘यस्तो पवित्र भूमिमा कोरोना फैलनेछैन भन्ने हाम्रो विश्वास छ,’ अध्यक्ष भट्टले भने ।
भाकल अनुसार चैत्र १६ गतेबाट नियमित एक महिना ‘क्षमा पुजा’ गरिने अध्यक्ष भट्टले बताए । उनले भने,‘क्षमा पुजाका लागि स्थानीयबासी र सरकारसंग सहयोगको अपेक्षा छ ।’

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७६ चैत्र ३

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP