२०८२ बैशाख १३, शनिबार
April 26, 2025, Saturday

गोदावरी र स्याली नदीमा फसेका ८ जनाको उद्धार

अत्तरिया – कैलालीको गोदावरी नदीमा फसेका ६ जना र कञ्चनपुरको स्याली नदीमा फसेका २ जनाको उद्धार गरीएको छ । सोमबार राती आएको बाढीका कारण गोदावरी नदीमा ६ जना फसेका थिए ।

उनीहरुको नेपाल प्रहरी,नेपाली सेना,सशस्त्र प्रहरी लगायत स्थानीयको सहभागीतामा उनीहरुको मध्यराती उद्धार गरीएको हो । त्यस्तै स्याली नदीको टापुमा २ जना फसेका थिए । उनीहरुको मध्यराती सशस्त्र प्रहरीले उद्धार गरेको हो ।

कञ्चनपुर र कैलालीको धेरै स्थानमा तीन दिनदेखी भारी वर्षा भईरहेको छ । सो क्षेत्र भई बहने कान्द्रा, दोधा, मोहना, खुटीया, सुहेली, चौधर, रंघुन, पन्टुरालगायत उक्त जिल्लाको साना खहरे खोलाहरूमा एक्कासि बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेहरूलेसतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह छ ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० श्रावण २३

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP