दिपायल – सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण सोमबार राति खानीडाँडा बुडीतोला सडक खण्ड भासिएपछि सडक अवरुद्ध भएको हो ।
स्थानीय यात्रु लवराज जोशीका अनुसार उक्त क्षेत्रमा करिब एक किलोमीटर सडक भासिएको छ। सडक भासिदा सुदूरपश्चिमका ७ पहाडी जिल्लाहरू डडेल्धुरा, डोटी, अछाम, बझाङ, बाजुरा, बैतडी, दार्चुला र तराईका जिल्लाहरु कैलाली, कञ्चनपुर जोड्ने उक्त सडक भासिएपछि यातायात सेवा प्रभावित बनेको छ । यात्रुहरु बाटोमा अलपत्र परेका छन् ।
भारी वर्षाका कारण भासिएको सडक आवश्यक पहल भइरहेको ट्राफिक प्रहरीले जनाएको छ। अबरोध भएको सडक खुलाउन कम्तीमा एक हप्ता लाग्ने स्थानीयको भनाइ छ ।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...