२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

महाकाली नदीमा जलस्तर बढ्यो, सतर्क रहन आग्रह

धनगढी – महाकाली नदीमा जलस्तर बढेको छ। नदीको पानीको सतहले सतर्कता तह पार गरेको हो।

बाढी पूर्वानुमान महाशाखाका अनुसार महाकाली नदीमा पानीको सतह ५ दशमलव ८० मिटरभन्दा माथि पुगेको छ र पानीको सतह अझै बढिरहेको छ।

डडेलधुरा, कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँका बासिन्दालाई दिउँसो १ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० श्रावण २१

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP