दिपायल – नेपाली कांग्रेस केआइसिंह गाउँपालिका र नेपाल विद्यार्थी संघ बुधबार श्रमदानमा जुटेको छ । केआइसिंह गाउँपालिकाले अभियानका रूपमा सञ्चालन गरेको श्रमदान कार्यक्रम अन्तर्गत बुधबार केआइसिंह कांग्रेस र नेविसंघले तुस्यात खोलामा ढुङ्गा बोकेर श्रमदानमा सहभागिता जनाएको हो ।
नेपाली कांग्रेस केआइसिंह गाउँपालिकाका सभापति अर्जुन बलायरको नेतृत्वमा कांग्रेसका नेता कार्यकर्ता तथा नेविसंगका नेताहरु श्रमदानमा सहभागी बनेका हुन् ।
श्रमदानले मुलुकमा देखिएको आर्थिक मन्दीको असरबाट जोगाउन सकिने र आफ्नो गाउँ आफै बनाऔं भन्ने भावना जागिर्त हुने नेवि संघका नेता जेनिस बोहोराले बताए। गाउँपालिका अभियानका रुपमा सञ्चालन गरेको उक्त अभियान प्रसंसनीय र उदाहरणीय रहेको उनले बताए ।
नेपाली कांग्रेस केआइसिंह गाउँपालिकाका सभापति बलायरले गाउँपालिकाले अभियानका रुपमा संचालन गरेको श्रमदान कार्यक्रमलाई प्रभावकारी र फलदायी बनाउन कांग्रेसले पूर्ण साथ दिने बताए । श्रमदानबाट निर्माण भएका आयोजना प्रति स्थानीयको अपन्वतो बढ्नुका साथै स्थानीय सरकारको आर्थिक भार समेत कम हुने बताए । सरकारको अनुदानबाट निर्माण हुने आयोजनाहरूमा पनि २० प्रतिशत अनिवार्य श्रमदान गर्नु पर्ने प्रावधान छ,”सभापति बलयरले भने,”हाल त्यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन । काजगीरूपमा मात्रै श्रमदान देखाउने प्रचलन छ, त्यसलाई मात्रै प्रभावकारी बनाएर अनिवार्य श्रमदान गर्न लगाउने हो, प्राविधिक तथा स्थानीय सरकारले त्यसको कार्यान्वयनका लागि कडाइ गर्ने हो धेरै राम्रो काम हुन्छ।”
श्रमदानबाट निर्माण गर्न सकिने नसकिने आयोजनाहरुको पहिचान गरी सोही बमोजिम अभियान सञ्चालन गर्दा प्रभावकारी हुने उनको सुझाव छ।
श्रमदान कार्यक्रममा वडा नम्बर ६ का वडा सभापति भक्त भट्ट, नेवि संघका नेता जीवन जेठारा लगायतका अन्य नेताहरुको पनि सभागिता रहेको थियो ।
केआइसिङ गाउँपालिकाले गाउँपालिकाको वडा नम्बर ५ र दिपायल सिलगढी नगरपालिका ४ जोड्ने सडक खण्डमा रहेको तुस्यात खोलामा सडक सुधार गर्ने गरी श्रमदान अभियान सञ्चालन गरेको हो । त्यस लगत्तै वडा नम्बर २ स्थित सेलपाखा देखि वडा नम्बर १ जोडिने गोरेठोबाटो श्रमदानबाट निर्माण गर्ने जनाएको छ ।
दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...