२०८१ फाल्गुन ३, शनिबार
February 15, 2025, Saturday

सुनको ब्रासलेटसहित एक युवक पक्राउ

बैतडी – सुनको ब्रासलेटसहित बैतडीका एक युवक पक्राउ परेका छन्। बैतडीको पाटन नगरपालिका–६ का ३४ वर्षीय दीपक भण्डारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरबाट सुनको ब्रासलेटसहित पक्राउ परेका हुन्।

उनी कतार एयरवेयजको उडानद्वारा काठमाडौँ आएका थिए। भण्डारीको साथबाट ८१ ग्राम तौल बराबरको ब्रासलेट बरामद गरिएको छ। प्रहरीले भण्डारीले लुकाई छिपाई गरेर ब्रासलेट ल्याएकोले पक्राउ गरिएको जनाएको छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related News

प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
  • २०८० श्रावण १६

दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...

TOP