२०८२ बैशाख १३, शनिबार
April 26, 2025, Saturday

पसलमा आगलागी हुँदा ६० लाखको क्षति

धनगढी – सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा शनिबार राति आगलागी भएको छ ।

राति करिब तीन बजेको समयमा धनगढी उपमहानगरपालिका-८ को अनामनगरस्थित जीएस आटो पार्टसमा आगलागी हुँदा ६० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले आगलागीबाट पसलभित्र रहेको ६० लाख बराबरको सामान जलेर नष्ट भएको जानकारी दिए ।

उनकाअनुसार विद्युतको तार सर्ट भएर लागेको आगो राति नै प्रहरी र स्थानीयले दमकलको प्रयोग गरेर नियन्त्रणमा लिएका थिए ।

उक्त अटो पार्टस कैलारी गाउँपालिका-४ का सुरज चौधरीले सञ्चालन गर्दै आएका थिए ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० श्रावण १४

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP