२०८२ फाल्गुन २७, बुधबार
March 11, 2026, Wednesday

सेतीमा डुबेर एक बालक बेपत्ता, एकको उद्धार

डोटी – डोटीको सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन्। डोटीको दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका ५ वर्षीय बालक सुशान्त साउँद बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानाएको छ।

बिहिवार पौडी खेल्ने क्रममा उनीसँगै डुबेका चार वर्षीय बालक मिलन साउँदलाई स्थानीयले उद्धार गरेका छन्। मिलनको अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक लक्ष्मी जोशीले बताए। बेपत्ता सुशान्तको खोजी कार्य जारी रहेको छ। खोजीका लागि आफन्त नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०८० श्रावण १२

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP