२०८२ माघ १, बिहीबार
January 15, 2026, Thursday

मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित

काठमाडौं – मिटरव्याज सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ राष्ट्रिय सभाबाट पुनः सर्वसम्मतिले पारित भएको छ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा प्रतिनिधि सभाले संशोधन सहित पारित गरेको विधेयक टेबुल भएको थियो ।

प्रतिनिधि सभाले संशाेधनसहित पारित गरी राष्ट्रिय सभामा पठाएको सो विधेयक पुन पारित गर्नका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले सभामा प्रस्तुत गरेका थिए । त्यसअघि सभाले प्रतिनिधि सभाले गरेको संशोधन स्वीकार गरेको थियो ।

यसअघि राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधिसभामा पठाएको थियो । उक्त विधेयकलाई प्रतिनिधिसभाले संशोधनसहित पारित गरेर राष्ट्रिय सभामा पठाएको हो ।

राष्ट्रिय सभाले बिहीबार पुनः सो विधेयक पारित गरेको हो । विधेयक पारित भएसँगै अब राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि जानेछ । उक्त विधेयक पारित गरेपछि बैठक आउँदो बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित गरिएको सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा जानकारी गराए ।

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०८० श्रावण ११

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP