दिपायल – डोटीको जोरायल गाउँपालिका वाड नं. २ पनालेगैरामा कमला नदि माथी करिब २६ लाख भन्दा बढीको लागतमा ,३२ मिटर लामो पनालेगैरा ट्रस पुल निर्माण भएपछी स्थानीयलाई आवतजावतमा सहज भएको छ।
पुर्खौ देखि बर्खा याममा पुल नहुँदा आवतजावत र खेतीपाती गर्न समेत खोला वारपार गर्दा निकै कठिनाई हुदै आएको स्थानीयले बताएका छ्न ।
केदार ग्रामीण बिकास समाज नेपालको प्राबिधिक सहयोगमा ट्रस पुल निर्माण भएको र निर्माण पछि स्थानियलाइ कामकाज र नदि ओहोरदोहोर गर्न सहज हुनुको साथै सो ठाउँका ११२ घरधुरी लाम्भाबित हुने पुल निर्माण उपभोक्ता समितीका अध्यक्षसुरेन्द्र बिकले बताएका छन् ।
दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...