२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

गोदावरीबाट लागुऔषधसहित श्रीमान् श्रीमती पक्राउ

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ५ स्थीत गेटाबाट लागुऔषधसहित श्रीमान् श्रीमती पक्राउ परेका छन् ।

बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा पोसाकको टोलीले गोदावरी नगरपालिका–५ गेटा बस्ने २० वर्षीय अनिता राना र उनका श्रीमान २४ वर्षीय अन्तराम रानालाई पक्राउ गरेको हो ।

घरमा खानतलासी गर्ने क्रममा उनीहरू सुत्ने कोठामा राखिएको प्लाष्टिकको जेब्रा झोलामा २ ग्राम लागु औषध खैरो हिरोईनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । अन्तराम रानालाई ३ महिना अगाडी पनि सामान्य चोरीको घटनामा कारबाही गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूले अपाङ्गताको आवरणमा श्रीमान श्रीमती भारतको सिमा नाका बजारबाट लागु औषध ल्याएर गाउँ टोलका युवा ग्राहकहरुलाई स–साना पुरिया बनाई बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० श्रावण ८

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP