२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

बाजुरामा ट्याक्टर दुर्घटना हुदाँ चालक बेपत्ता

बाजुरा – बाजुरामा ट्याक्टर खोलामा बगेर कैलालीका चालक सम्पर्क विहीन भएका छन्। बाजुराको अनाया खोलामा आइतवार राति ११ बजे कोल्टीबाट आउने क्रममा से २ त ३२२५ नम्बरको ट्याक्टर खोलामा बगेको प्रहरीले जनाएको छ।

ट्याक्टर चालक कैलालीको जोशीपुर गाउँपालिका–६ को अन्दाजी २७/२८ वर्षीय डुबनारायण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। ट्याक्टर र ट्रली खोलाको बीच भागमा फेला परेको र चालक अझै बेपत्ता रहेको जनाइएको छ। चालकको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०८० श्रावण ८

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP