२०८२ बैशाख १३, शनिबार
April 26, 2025, Saturday

कैलालीमा राहदानी लिनेको संख्यामा दोब्बरले बृद्धि

कैलाली जिल्लामा राहदानी लिने संख्यामा दोब्बरले बृद्धि भएको छ । कैलाली जिल्लामा गत वर्षको तुलना यस वर्ष राहदानी लिनको संख्या दोब्बरले बृद्धि भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले पश्चिम टुडेलाई बताए ।

पछिल्लो तीन आर्थिक वर्षहरुको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७७/०७८ मा दुई हजार एक सय ८१, २०७८/०७९ मा ५ हजार ५ सय १४, आ.ब. २०७९/०८० मा १० हजार ४ सय ६१ जनाले राहदानी लिएको सूचना अधिकारी जोशीले बताए । उनले जिल्ला प्रशासन कार्यालयमा राहदानी लिन दैनिक जसो सरदर ३०/३५ जनाले राहदानीका लागि आवेदन दिने बताए ।

जिल्लामै सहज तरिकाले राहदानी उपलब्ध हुने भएपछि राहदानीको आवेदन भर्नेको संख्यामा बृद्धि भएको सूचना अधिकारी जोशी बताउँछन् । आवदेन दिएको १ महिना भित्र राहदानी बनेर आउने कार्यालयले जनाएको छ । नागरिकता र राहदानी बनाउनेहरुमा अधिकांश १०+२ उत्तीर्ण भएपछि अध्ययन तथा रोजगारीका लागि बाहिर जानेहरु रहेको बताईएको छ ।

राहदानी विभागका अनुसार राहदानी लिनेको संख्या देशभरीमा दैनिक १० हजारको हाराहारीमा रहेको जनाएको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउने आउने सेवाग्राहीहरुको संख्यामा पनि दिनानुदिन भीड बढ्दै गईरहेको छ । पछिल्लो तीन आर्थिक वर्षहरुको तथ्यांक हेर्दा २०७७/०७८ मा २८ हजार ९५, २०७८/०७९ मा ३३ हजार ९ सय ६३, आ.ब. २०७९/०८० मा २४ हजार ४ सय ७४ जनाले नागरिकता प्रमाण पत्र लिएको सूचना अधिकारी जोशीले बताए ।

नागरिकता प्रमाण पत्र बनाउन प्रशासन कार्यालयमा दैनिक जसो ५५/६० जना सेवाग्राही आउने गरेका सूचना अधिकारी जोशीले जानकारी दिए । त्यस्तै, जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राहीहरुको भीड भाड हुने गरेको छ । राष्ट्रिय परिचय पत्र बनाउन प्रशासन कार्यालयमा दैनिक जसो ४०/५० जना सेवाग्राही परिचपत्र बनाउन आउने गरेका छन् ।

वि.सं २०७७ साल भदौ १ गते देखि जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचय पत्र बनाउनका लागि सेवाग्राहीरुको विवरण दर्ता प्रक्रिया शुरु भएको कार्यालयले जनाएको छ । विवरण दर्ता शुरु भए यता २०८० साउन ४ गते सम्म ३ लाख ९३ हजार ४ सय ३५ जनाको विवरण दर्ता शुरु गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिव राज जोशीले बताए ।

गत वैशाख देखी असार सम्म ३ हजार ६ सय २९ जना विवरण दर्ता गरिएको समेत उनले बताए । सूचना अधिकारी जोशीले विवरण दर्ता भए पश्चात राष्ट्रिय परिचय पत्र बनिसकेको सेवाग्राहीहरुको मोबाईलमा म्यासेज आउने र जिल्ला प्रशासन कार्यालयमा आई सोही कन्फर्मेसन म्यासेज देखाएर राष्ट्रिय परिचय पत्र लैजान आग्रह गरे ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० श्रावण ७

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP