२०८१ श्रावण ३, बिहीबार
July 18, 2024, Thursday

भारतीय टमाटर महंगो ,नेपाली टमाटरले पायो बजार

दार्चुला – केही दिनयता भारतीय टमाटरको मूल्यले आकाश छोएको छ ।

बजारमा अहिले टमाटरको मूल्य प्रतिकिलो १ सय २० देखि १ सय ३० भारतीय रुपैयाँ पुगेको छ । भारतमा टमाटरको मूल्य महंगो भएपछि नेपाली टमाटरले भने राम्रो बजार पाएको छ । प्रायः भारतीय टमाटर नै प्रयोग हुने दार्चुला बजारमा अहिले नेपाली टमाटर मात्रै प्रयोग भइरहेको पाईएको छ ।

नेपाली टमाटर अहिले १ सय २० रुपैयाँदेखि १ सय ६० रुपैयाँसम्ममा विक्री वितरण भइरहेको छ । भारतले भने नेपाली टमाटरलाई आयातमा रोक लगाएको छ । भारतमा टमाटरको मूल्य बढी हुँदा नेपाली टमाटरले सहजै बजार पाउने अवस्था हुदाँ आयातमा रोक लगाइएको बुझिएको छ । फुड सेफ्टीको बाहना झिक्दै टमाटर फिर्ता पठाइरहेको कृषकहरुले बताएका छन् ।

अहिले दार्चुला पुलघाटबाट धारचुला बजार जाने टमाटर फिर्ता भइरहेको दार्चुला भन्सार कार्यालयले जनाएको छ । तर, अन्य फलफूल र सागसब्जी भने गइरहेको छ । यस्तै भारतले अहिले चामल (बोरामा) नेपाल निर्यात पनि रोक लगाएको छ । खुल्ला चामल नेपाल आउन दिएपनि प्याकिङ चामलमा रोक रहेको छ ।

अहिले जिल्लाको नौगाड गाउँपालिका–२ दल्लेख, वडा नम्बर ४ सिप्टी, वडा नम्बर ६ धुलीगडा, वडा नम्बर ५ को सौकेबगर, मालिकार्जुन गाउँपालिका गाउँपालिकाको वडा नम्बर १ भर्तौला, महाकाली नगरपालिकाको वडा नम्बर ९ दत्तु, थाप्लाका कृषकहरुले फलाएका टमाटर बजारमा आएका छन् ।

वर्षाका कारण खलगा–दल्लेख सडक अवरुद्ध हुदाँ नौगाडमा उत्पादित टमाटर बजारसम्म ल्याउन समस्या भएको छ । चार÷पाँच घण्टा पिठ्युमा डोको÷भारी बोकेर सदरमुकाम खलंगा बजारसम्म टमाटर पुर्याएर विक्री गर्ने गरेको नौगाड गाउँपालिका–२ का स्थानीय मदन सिंह सितोलीले बताए । ‘घण्टौ पैदल हिडेर कृषि उत्पादन ल्याउनुपर्ने बाध्यता छ, बर्खाको समय भएकाले जोखिम पनि उत्तिकै छ, उनले भने ।’

Related News

बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
  • २०८० श्रावण ७

दिपायल- सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै बाल सुधार गृह छ ।...

TOP