२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026, Sunday

लकडाउनमा कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं-गृह मन्त्रालयले लकडाउनको उल्लंघन बढेको भन्दै कडाई गर्न मातहत निकायलाई निर्देशन दिएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन लगाएको लकडाउनमा कडाइ गर्न गृह मन्त्रालयले सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए । 

सडकमा सवारी साधनको चाप बढेको र लकडाउन खुकुलो भएको गुनासो बढेपछि गृह मन्त्रालयले सोमबार सुरक्षा निकाय र ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गर्दै पासविनाका सवारीलाई चल्न नदिन  भनेको हो ।

गृहको परिपत्रलगत्तै प्रहरीले लकडाउन उल्लंघन गर्नेहरुलाई कारबाही पनि थालेको छ । केही दिन यता स्थानीय तहहरुले आ–आफ्ना क्षेत्रमा बस्नेहरुलाई काठमाडौंबाट लगिरहेका छन् । यसैगरी विराटनगरबाट करिब सय जनाको हाराहारीमा यात्रु काठमाडौं आएका छन् । 

Related News

डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
डोटी जेसीज वर्ष २०२६ को अध्यक्षमा जोशी 
  • २०७७ बैशाख १५

सिलगढी – डोटी जेसीज बर्ष २०२६ को अध्यक्षमा डिल्लीराज जोशी...

TOP