बैतडी – बैतडीका एक जना युवकको भारतमा गाडी दुर्घटनामा परेर मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका वडा नं ४ बिशुनाका डम्बरसिंह धामीको भारतको बेंगलुर उटी भन्ने ठाउँमा गाडी दुर्घटनामा परेर मृत्यु भएको अध्यक्ष हरिश बोहराले जानकारी दिए ।
उनका अनुसार डम्बर १२ दिन पहिले मात्रै आफनै काका संग बेंगलुर गएका थिए । डिउटीबाट काकाको मा जानेबेला उनलाई बिहीवार बिहान गाडीले ठक्कर दिएको थियो ।
गाडीको ठक्करबाट गम्भीर बनेका धामीको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको आपन्त तिलकसिंह धामीले बताए । डम्बर घरको एक्लो छोरा हुन् । उनको घरमा श्रीमती र एक छोरी छन् ।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...