२०८२ पुष २, बुधबार
December 17, 2025, Wednesday

बसभित्रै ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार

दाङ- दाङको तुलसीपुरस्थित नयाँ बसपार्कमा ७३ वर्षीया एक वृद्धा बसभित्रै सामूहिक बलात्कारमा परेकी छन् ।

उपचारका लागि प्युठानबाट दाङ आएकी वृद्धालाई गए राति करिब साढे १२ बजे पार्किङ गरिएको ना. ४ ख ७८४८ नम्बरको बसमा गाडीका स्टाफले बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लले जानकारी दिए ।

बलात्कारमा संलग्न रहेको आरोपमा तुलसीपुर उपमहानगरपालिका १५ का पुष्कर रोका र सल्यानको कुमाख गाँउपालिका ७ का रेसम विकलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको डीएसपी मल्लले बताए ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related News

सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
  • २०८० श्रावण ५

दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...

TOP