२०८३ भाद्र १९, शुक्रबार
September 4, 2026, Friday

१ अर्बको सुन तस्करी प्रकरण छानबिन गर्न समिति गठन

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार अवैध रूपमा भित्र्याइएको सुनका विषयमा छानबिन गर्न छानबिन समिति गठक गरिएकाे छ।

भन्सार विभागको अनुसन्धान विभागका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हाे ।

उक्त समितिले विमानस्थलको भन्सार जाँचपासमा क-कसको संलग्नता भएको भन्नेबारे छानबिन गर्ने सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए।

समितिले भन्सार अधिकृतलगायत अन्य कर्मचारीहरूको संलग्नताबारे पनि छानबिन गर्न लागेको हो। विमानस्थलमा रहेका सिसिटिभी फुटेजमा पनि हेर्नेछ।

त्यस्तै अहिलेलाई भन्सार जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गरेकाे छ। अन्यको पनि संलग्नता खुले त्यसअनुसार कारबाही अघि बढाइने सूचना अधिकारी खड्काले जानकारी दिए।

राजश्व अनुसन्धान विभागले भन्सार जाँच पास भएर निस्केको ८० देखि १०० किलो अनुमानित सुन मंगलबार बरामद गरेको थियो। यसको यकिन विवरण खुलिसकेको छैन।

Related News

चिरञ्जिवी पोलिक्लिनिकद्वारा रसुवा बाढीपीडितका लागि ३ लाख ३३ हजार सहयोग
चिरञ्जिवी पोलिक्लिनिकद्वारा रसुवा बाढीपीडितका लागि ३ लाख ३३ हजार सहयोग
  • २०८० श्रावण ४

दिपायल- डडेल्धुराको चिरञ्जिवी पोलिक्लिनिकले रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार...

TOP