२०८२ बैशाख ६, शनिबार
April 19, 2025, Saturday

सुदूरपश्चिमका तीन वटै भन्सारले उठाएनन् लक्ष्य अनुसारको राजस्व

धनगढी – गत आर्थिक वर्ष २०७९/८० मा सुदूरपश्चिम प्रदेशमा रहेका दुईवटा भन्सार कार्यालय तथा एक छोटी भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेनन्।

कैलाली भन्सार कार्यालयले आव २०७८/७९ मा लक्ष्यको ८७ प्रतिशत राजस्व संकलन गरेको थियो। गत आव ०७९/८० मा ६७ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ।

कैलाली भन्सारले २०७९/८० मा १२ अर्ब ३० करोड ६६ लाख ७८ हजार राजस्व उठाउने लक्ष्य राखेको थियो तर ८ अर्ब २९ करोड ६३ लाख मात्र उठेको छ।

यो लक्ष्यको ६७.४१ प्रतिशत हो। कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्का बैंक तथा वित्तीय संस्थामा देखिएको समस्याका कारण व्यापारिक वातावरण नहुँदा राजस्व घटेको बताउँछन्।

कैलालीका भन्सार कार्यालय भएर विशेष गरी पेट्रोलियम पदार्थ, कपडा, मोटर पार्टस्, हार्डवेयरका सामान, खाद्यान्नजस्ता वस्तु धेरै आयात हुने गरेको छ।

गत आवमा टीकापुर नगरपालिकाको सीमामा रहेको सत्ती भन्सार कार्यालय खक्रौलाबाट पनि लक्ष्यअनुसार राजस्व उठेको छैन। सत्ती भन्सारको लक्ष्य १६ करोड ९४ लाख ४२ हजार थियो तर वर्षभर ७ करोड ३८ लाख ८९ हजार राजस्व संकलन भएको छ। जुन लक्ष्यको ४४ प्रतिशत हो।

भन्सार कार्यालय खक्रौलाका निमित्त प्रमुख तुलसीराम चौधरीले आर्थिक मन्दी नै राजस्व उठ्न नसक्ने प्रमुख कारण भएको बताए।

उनले भने, ‘त्यसका साथै सत्ती भन्सार कार्यालय खक्रौला भएर आउने भारततर्फको सडक राम्रो नभएकाले पनि लक्ष्य अनुसारको राजस्व उठेन।’

कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले पनि लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ। भन्सार कार्यालयका अनुसार आव २०७९/८० मा ५८ करोड ९६ लाख लक्ष्य रहेकोमा ७१.४ प्रतिशत राजस्व संकलन भएको छ।

Related News

नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
  • २०८० श्रावण ३

दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...

TOP