२०८२ बैशाख १३, शनिबार
April 26, 2025, Saturday

आँपको रुखबाट लडेर एक महिलाको मृत्यु

डडेल्धुरा – डडेल्धुरामा आँपको रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको भागेश्वर गाउँपालिका–२ रुपाल रैनपाटाका निरज दमाईकी श्रीमती ३२ वर्षीया रूपा दमाईको मृत्यु भएको हो ।

मंगलबार पायल भन्ने ठाउँमा आँप टिप्ने क्रममा लडेर रूपाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० श्रावण ३

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP