कञ्चनपुर – महाकाली नदीमा पानीको बहाव घटेसँगै शारदा ब्यारेजको पुलमा चारपांग्रे सवारी साधनको आवागमन पुन: सञ्चालन भएको छ ।
चारपांग्रे सवारी साधनलाई मंगलबार बिहानैदेखि बन्द गरिएकोमा बुधबारदेखि सुचारु गरिएको हो ।
बुधबार बिहानको मापन अनुसार महाकालीमा पानीको बहाव १ लाख ३ हजार क्युसेक पुगेको छ ।
साथै जलस्तर घट्ने क्रममा रहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । मंगलबार बिहान नदीमा पानीको बहाव १ लाख ५७ हजार क्युसेक पुगेको थियो ।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...