२०८१ चैत्र ६, बुधबार
March 19, 2025, Wednesday

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु एक घाइते

धनगढी – कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटनामा परेर चालकको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा सुदूरपश्चिम प्रदेश ०१००९ प ७३८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सोमबार साँझ दुर्घटना भएको हो। दुर्घटनामा धनगढी उपमहानगरपालिका–१७ का २१ वर्षीय राजु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढी हुँदै निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०८० श्रावण २

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP