२०८२ माघ २६, सोमबार
February 9, 2026, Monday

दार्चुलाको एक होटलमा युवाहरुबीच हानाहान, चार घाइते

दार्चुला – दार्चुलाको सदरमुकाम रहेको एक होटलमा युवाहरुबीच बोतल हानाहान भएको छ। दार्चुलाको महाकाली नगरपालिका–४ मा रहेको अपि होटल एण्ड रेष्टुरेन्टमा विवाद भई झडप हुँदा चार जना युवा घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए।

घाइते हुनेमा राष्ट्रिय युवा संघ नेपाल दार्चुलाका अध्यक्ष अनिल सिंह ठगुन्ना, नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष चरनसिंह बुढाथोकी, महाकाली नगरपालिका–१ मलेराका प्रकाश सिंह कार्की र सोही ठाउकै प्रकाश सिंह कार्की रहेको उनले बताए।

होटेलमा विवाद हुँदा होटेलमा रहेका वियरका बोतल हानाहान गर्दा चारै जना घाइते भएको बताइएको छ। जिल्ला अस्पताल दार्चुलामा प्राथमिक उपचार पछि चारै जनालाई थप उपचारको लागि धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये अनिल सिंह ठगुन्ना र प्रकाश सिह कार्कीको टाउकोमा चोट लागेको छ। यस्तै प्रकाश कार्की र चरनसिंह बुढाथोकीको भने हात र शरिरमा चोट लागेको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

Related News

सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
  • २०८० श्रावण २

देबेन्द्र दत्त भट्ट , सुजङ्ग स्कुल , राजपुर डोटी ‎नेपालका...

TOP