२०८२ फाल्गुन २७, बुधबार
March 11, 2026, Wednesday

सुदूरपश्चिम र गण्डकीमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले गण्डकी र बागमती प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही भू-भागहरूमा हल्का देखी मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र मधेस प्रदेशका एक वा दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम तथा गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०८० श्रावण २

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP