२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025, Thursday

पेट्रोलियमको मूल्य घटेलगत्तै सार्वजनिक यातायातको भाडा तीन प्रतिशत घट्यो

पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु भएलगतै सार्वजनिक यातायातको भाडा पनि घटेको छ ।

स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मुल्य घटाएलगतै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको छ ।

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू, घट्यो मूल्य
स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ।

त्यसैलाई आधार बनाएर यातायात ब्यवस्था विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको महानिर्देशक नारायणप्रसाद भट्टराइले बताए।

‘घटाएको भाडादर आजदेखि नै लागु हुनेछ, त्यसको अनुगमन यातायता व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई जिम्मा दिइएको छ’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने, ‘पेट्रोलियम पदार्थमा ५ प्रतिशतभन्दा बढी घटबढ भए समायोजन गर्ने वैज्ञानिक भाडादर कायम सम्बन्धी कार्यविधिको ब्यवस्था छ। त्यही कार्यविधिमा रहेर भाडा समायोजन गरिएको छ।’

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु हुनासाथ सार्वजनिक र मालवाह साधनको भाडादर समायोजन गर्न मन्त्री ज्वालाले आइतबार नै मातहत निकायलाई निर्देशन दिएका छन्।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०८० श्रावण १

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP