२०८१ असार २९, शनिबार
July 13, 2024, Saturday

नेपाल–भारत जोड्ने झोलुंगे पुलको लट्ठा चुँडिदा, आवतजावत बन्द

दार्चुला – दार्चुलास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको लट्ठा चुँडिएको छ । महाकाली नगरपालिका–९ दत्तु र भारतको बालुवाकोट जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुँडिएको हो ।

पुलको लट्ठा चुँडिदा पुलमा आवतजावत बन्द भएको छ । पुलको भारततर्फको लठ्ठा चुँडिदा दुर्घटनाको जोखिम रहेकाले आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

पुलको लट्ठा चुँडिएपछि प्राविधिहरुबाट चेकजाँच र मर्मत सम्भारका लागि भारतीय पक्षसंग पहल भइरहेको प्रशासनले जनाएको छ ।

पुलमा आवतजावत बन्द भएपछि दुवै देशका नागरिकलाई समस्या भएको छ ।

Related News

त्रिशूलीमा खसेका थप दुई यात्रुको श*व नारायणी नदीमा भेटियो
त्रिशूलीमा खसेका थप दुई यात्रुको श*व नारायणी नदीमा भेटियो
  • २०८० असार २९

काठमाडौं– नारायणी नदी किनारामा थप दुइटा शव फेला परेको छ...

TOP