२०८२ श्रावण ३, शनिबार
July 19, 2025, Saturday

१७ हजार बराबरका अखाद्य वस्तु नष्ट


दिपायल – बजारमा बिक्री गर्न राखिएका अखाद्य वस्तुहरू जफत गरी नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गएको अनुगमन टोलीले शिखर नगरपालिका – ८ गोपघाट, तिलताली क्षेत्रमा रहेका पसलहरुबाट अखाद्य वस्तुहरू जफत गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत दीपा जोशीको नेतृत्वमा बिहीबार बजार अनुगमन गरिएको हो । अनुगमनमा शिखर नगरपालीकाकी उप प्रमुख सुनिता रावल, घरेलु कार्यालय, नापतौल, कर कार्यालय, पत्रकार महासंघ, नेपाल प्रहरी लगायतका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

अनुगमनका क्रममा उपभोग गर्ने म्याद नाघेका सुजी, भुजा, पेय पदार्थ, चिप्स, मसला एबं लेबल नभएका सामग्रीहरू जफत गरेर नष्ट गरिएको हो । अनुगमन टोलीले अखाद्य वस्तुहरू बिक्री वितरण नगर्न सचेत गराउँदै अर्को पटक भेटिए जरिवाना सहित कारबाही गरिने जानकारी गराएको थियो ।

साथै पसल, फर्म, काटाको दर्ता, नविकरण समयमै गर्न समेत सचेत गराइएको जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत जोशीले बताइन् । जफत गरिएका अखाद्य वस्तुहरू बिहीबार नै नष्ट गरिएको थियो ।

Related News

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
  • २०८० असार २९

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...

TOP