२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

कैलालीको एक पसलमा आगलागी

धनगढी – कैलालीको एक पसलमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका–४ बसपार्क गोल मार्केट स्थित लक्षित इन्टरप्राइजेजमा आगलागी भएको हो।

गोदावरी नगरपालिका–१ का ३५ वर्षीय चेतराज भट्टले सञ्चालन गरेको लक्षित इन्टरप्राइजेज कपडाको होलसेल पसल)मा बुधवार दिउँसो अचानक विद्युतको लाइन सर्ट हुन गई आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागी हुँदा पसल भित्र रहेका अन्दाजी ८ लाख मुल्य बराबरको सामानहरु जलि नष्ट भएको जनाइएको छ। उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहायताले नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० असार २८

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP