डडेल्धुरा – भित्रीमधेशको जोगबुडामा गर्भवती आमाले बाटोमै शिशुलाई जन्म दिएकी छन् । सडक र अस्पतालको पहुँच नभएको ग्रामीण भेगका महिला बाटोमै शिशुलाई जन्मदिन बाध्य भएकी हुन् ।
परशुराम नगरपालिका– ८ जमरानी गाउँकी मिना लुहारले बाटोमै बच्चा जन्माएकी हुन । कविता धमलाका अनुसार मङ्गलवार बेलुकी प्रसव पिडा सुरु भयो ।प्रसव पीडा सुरु भएपछि उनलाई पिठ्युँमा बोकेर साँदनी स्वास्थ्य चौकी लैजाने क्रममा बेलुकी ६ः३० बजे लामीगडाको जङ्गलमा शिुशु (छोरा) को जन्म भएको हो । गाउँमा स्टेचर सम्म नभएपछि गाउँका महिलाहरूको सहयोगमा पिठ्युमा बोकेर अस्पताल लैजान खोजिएको थियो ।
शिुशुको जन्मपछि महिलाको रक्तस्राव नरोकिएकाले महिला र शिशुलाई मङ्गलवार राती १० बजे साँदनी स्वास्थ्य चौकी पुगाएको धमलाले बताइन । घरबाट २ घण्टाको दुरीमा रहेको स्वास्थ्य चौकी पुग्न एक घण्टाको पैदल यात्रा बाँकी थियो । तर उनले जङ्गलको बिचमा शिशुको जन्म भएको स्थानीय भुपेन्द्र धामीले बताए ।
धामीले आक्रोश पोख्दै सामाजिक सञ्जालमा परशुराम नगरपालिकाका नगरप्रमुखलाई सोधेका छन् । हेल्लो युवा वैज्ञानिक मेयर साप , अस्ति तपाईँको पहलमा ल्याएको एम्बुलेन्स कता थन्काउनु भएको छ ? सडकको सुविधा कहिले हुन्छ ? सडक नै नबनाएर एम्बुलेन्स केका लागि ल्याउनुभएको हो ? एक जना कार्यकर्ता भर्तीका लागि ?’ उनले लेखेका छन् । अस्पताल पुगेका महिला र शिशुको अवस्था अहिले सामान्य रहेको छ ।
दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...