दिपायल – हालै सार्वजनिक भएकाे एसईई परिक्षाकाे नतिजा अनुसार डोटीमा सीताराम माविका अर्जुन कठायत जिल्ला प्रथम भएका छन् । जिल्लामै सबैभन्दा बढी ३.९ जिपिए सहित कठायत प्रथम बनेका हुन्।
त्यस्तै सुजंग स्कूलका सबै भन्दा बढी विद्यार्थीहरुले सर्वोत्कृष्ट नतिजा ल्याएका छन् । डोटी बाट २० जना विद्यार्थीहरुले A+ सर्वोत्कृष्ट नतिजा ल्याएका छन् , जसमध्य ११ जना विद्यार्थी सूजङ्ग स्कूलका छन् ।
सामुदायिक विद्यालय तर्फ सीताराम माविका कठायतले सबैभन्दा बढी ३.९ जीपिए ल्याए भने निजी विद्यालय तर्फ सूजंग स्कूलका नवीन बलायर र उपेन्द्र शाहीले ३.८५ जिपिए प्राप्त गरे ।
त्यस्तै छात्रा तर्फ सूजंग स्कूलबाट दिया बोगटी र पद्म पब्लिक माविबाट प्रेरणा ओलीले ३.७५ बराबर जिपिए ल्याएर जिल्ला प्रथम छात्रा बनिन् ।
सूजंग स्कूलका ११ जनाले A+ (३.६१ जिपिए) नतिजा ल्याएका छन् । भगवती मावि तलाराका तीन जना, केदारेश्वर मावि कपल्लेकीका एक जना, अमर ज्योति दिपायलका दुई जना, पवित्रा बोर्डिङ सिलगढीका एक जना र मोर्निग लाइट बोर्डिङका एक जनले A+ (३.६१ जिपिए) नतिजा ल्याएका छन् ।
यस वर्ष सूजंग स्कूलका ६९ जनाले एस्ईई परीक्षा दिएका थिए । जसमध्य ११ जनाले A+ (३.६१ जिपिए) , ३८ जनाले A र २० जनाले B+ नतिजा प्राप्त गरेका छन् । सूजंग स्कूलका सबै भन्दा बढी विद्यार्थीहरुले सर्वोत्कृष्ठ नतिजा ल्याउन सफल भएका छन् । यस अघि सो स्कूलले प्रदेशमै सर्वोत्कृष्ट नतिजा ल्याएको थियो।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...