२०८२ पुष २, बुधबार
December 17, 2025, Wednesday

विस्फोटक पदार्थसहित कैलालीबाट भारतीय नागरिक पक्राउ

धनगढी– विस्फोटक पदार्थसहित कैलालीको कैलारी गाउँपालिका-३ खोनपुरस्थित सीमा इलाकाबाट एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत घर बताउने ४२ वर्षीय शिवा गुप्ता रहेको सशस्त्र प्रहरीका डीएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

भारतबाट साइकलमा राखेर ल्याउँदै गरेको साढे २९ केजी विस्पोटक पदार्थ गन्धकसहित प्रस्तावित सीमा सुरक्षा गुल्म खोनपुरले गुप्तालाई बिहीबार नियन्त्रणमा लिएको हो।

सुरक्षा जाँचका क्रममा शंकास्पद देखिएका उनलाई नियन्त्रणमा लिँदा उक्त पदार्थ फेला पारिएको डीएसपी थापाले बताए। गुप्तालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय हसुलियामा बुझाइएको छ।

Related News

सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले पाए सात दिने तालिम 
  • २०८० असार २२

दिपायल – सुदूरपश्चिमका ३० जना भलिबल प्रशिक्षकले सात दिने “भलिबल...

TOP