२०८२ कार्तिक २९, शनिबार
November 15, 2025, Saturday

सल्यानमा गुडिरहेको गाडीमा करेन्ट लाग्दा दुई जनाको मृत्यु

सल्यान – सल्यानमा गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा दुई जनाको मृत्यु भएको छ।

दाङबाट राेल्पा जाँदै गरेको बसमा कपुरकोट गाउँपालिका-३ मा करेन्ट प्रवाह हुँदा उनीहरूको मृत्यु भएको हो। रा १ ख ८३४ नम्बरको बसमा सवार रोल्पा गंगादेव गाउँपालिका–४ का बालाराम डाँगी र उनका छोरा टोपलाल डाँगीको मृत्यु भएको छ।

राप्ती राजमार्गअन्तर्गत कपुरकोट खण्डमा लत्रिएको ३३ केभी प्रसारण लाइनको तार बसले छुँदा करेन्ट प्रवाह भएको थियो।

बसमा प्रवाह भएको करेन्ट लागेर बस मालिक सल्यान छत्रेश्वरी–६ का महेन्द्र वली गम्भीर घाइते भएका छन्। उनलाई उपचारको लागि दाङको तुलसीपुर पठाइएको छ।

Related News

उद्योग वाणिज्य संघले भन्यो – खप्तड केबलकारका लागि सङ्कलित रकम सुरक्षित छ 
उद्योग वाणिज्य संघले भन्यो – खप्तड केबलकारका लागि सङ्कलित रकम सुरक्षित छ 
  • २०८० असार २१

दिपायल – खप्तड केबलकार निर्माणका लागि सङ्कलन गरिएको रकमका विषयमा...

TOP