धनगढी – धनगढीमा छुट्टाछुट्टै घरमा दुई जना मृत भेटिएका छन् । धनगढी उपमहानगरपालिका–५ को तारानगरमा डेरा गरी बस्ने २६ वर्षीया युवती गंगा भट्ट र तारानगरकै २८ वर्षीय तोयनाथ ओझा मृत भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले तारानगरमा डेरा गरी बस्ने गंगा झुण्डिएको अवस्थामा बेहोस भेटिएपछि उनका श्रीमानले सेती प्रादेशिक अस्पताल पुगाएकोमा अस्पतालले मृत घोषणा गरेको बताए ।
उनकाअनुसार उनी कञ्चनपुरको भीमदत्त नगरपालिका–९ घर भएर धनगढीमा श्रीमानसँगै बस्दै आएकी थिइन् । उनका दुई जना छोराछोरी छन् । तोयनाथ पनि आफु सुत्ने कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
बिहान सरसफाई गर्न उनको कोठामा प्रवेश गर्ने बेला ओझालाई मृत भेटाएपछि प्रहरीलाई खबर गरेका थिए । मृत भेटिएका भट्ट र ओझाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । दुवै जना मृत भेटिएको घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...