२०८३ श्रावण २२, शुक्रबार
August 7, 2026, Friday

एक बालकको स्कुलमै मृत्यु

दार्चुला – दार्चुलाको एक स्कुलमै बालकको मृत्यु भएको छ।

जिल्लाको अपि हिमाल गाउँपालिकाको वडा नम्बर–६ धङकङ छिपुलाकेदार मावि कक्षा ५ मा अध्ययनरत रहेका विद्यार्थीको स्कुलको कम्पाण्डबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

आइतवार विद्यालयमा खेलिरहेका बेला मानसिह महताका छोरा अन्दाजी १२/१३ वर्षीय समिर महताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए।

स्कुलको कम्पाण्ड नजिकै खेलिरहेका उनी लडेर झण्डै ५०÷६० मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको उनले बताए। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related News

दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
दार्चुलामा भारत सरकारको सहयोगमा गोकुलेश्वर माविको नयाँ भवन निर्माण सुरु
  • २०८० असार १८

  दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक...

TOP