दिपायल – शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बलायरले रक्तदान गरेर छन् । रक्तअल्पता भएर स्वास्थ्य अवस्था कमजोर भएकी शिखर नगरपालिका – १० की ७० वर्षीय जेष्ठ नागरिक लाली बलायरलाई रगत दिएका हुन् ।
बिरामी बलायर एकल असाहे महिला हुन् । उनको स्वास्थ्य स्याहार र पालनपोषण गर्ने मान्छे नभएका कारण मेयरले उनलाई उपचारका लागि अस्पताल पठाएका थिए। अस्पतालले रगत आवश्यक पर्ने बताए पछि मेयर बलायर आफै अस्पताल पुगेर रगत दिएका हुन्।
रगत चढाएपछि बिरामीको स्वाथ्य सुधार हुँदै गएको सुजङ्ग अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए। “सामान्य मान्छेको शरीरमा ११ पिन्ट भन्दा माथि रगत हुनुपर्छ,”उनले भने,”बिरामीको शरीरमा ४ पिन्ट मात्रै रगत थियो । यस्तो अवस्थामा रक्तदाता भेटिएन भने उहाँको ज्यानै जानसक्थ्यो ।” बिरामीलाई अझै रगतको आवश्यकता छ । स्वाथ्यमा क्रमिक सुधार हुँदै जानेछ ।”
मेयर बलायरले नागरिक स्वास्थ्यलाई मध्यनजर गरेर सहज, सुलभ र नि:शुल्क स्वास्थ्य सेवा प्रवाह गर्ने गरी काम गरिरहेको बताए । “जेष्ठ नागरिक, सुत्केरी महिलाहरुका लागि विशेष स्वास्थ्य कार्यक्रम लागू गरेका छौं,” उनले भने,” नागरिकलाई स्वस्थ राख्नु हाम्रो कर्तव्य हो । नागरिकको स्वास्थ्य राम्रो भयो भने अन्य सेवा र विकास निर्माणका काम गर्दै गरौंला ।”
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...