२०८३ भाद्र २१, आईतवार
September 6, 2026, Sunday

दार्चुलाको लेकममा चितुवा मृत फेला

दार्चुला – जिल्लाको लेकम गाउँपालिका वडा नम्बर –१ दानुगाड खोला किनारमा चितुवा मृत अवस्थामा फेला परेको छ ।

आज बिहान चितुवा मृत अवस्थामा फेला परेको हो । अहिले उक्त चितुवाबारे अनुसन्धान भइरहेको डिभिजन बन कार्यालय दार्चुलाले जनाएको छ ।

डिभिजन बन कार्यालय दार्चुलाका अनुसार स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गर्दा प्रहरी र सब डिभिजन वनका कर्मचारीको टोली घटनास्थलतर्फ गइरहेको निमित्त डिभिजन बन कार्यालय दार्चुलाका कार्यालय प्रमुख परमानन्द कुँवरले बताए । घटना बारे थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय दार्चुलाले जनाएको छ ।

Related News

लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइयो 
  • २०८० असार १७

धनगढी –  हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना...

TOP