दार्चुला – जिल्लाको लेकम गाउँपालिका वडा नम्बर –१ दानुगाड खोला किनारमा चितुवा मृत अवस्थामा फेला परेको छ ।
आज बिहान चितुवा मृत अवस्थामा फेला परेको हो । अहिले उक्त चितुवाबारे अनुसन्धान भइरहेको डिभिजन बन कार्यालय दार्चुलाले जनाएको छ ।
डिभिजन बन कार्यालय दार्चुलाका अनुसार स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गर्दा प्रहरी र सब डिभिजन वनका कर्मचारीको टोली घटनास्थलतर्फ गइरहेको निमित्त डिभिजन बन कार्यालय दार्चुलाका कार्यालय प्रमुख परमानन्द कुँवरले बताए । घटना बारे थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय दार्चुलाले जनाएको छ ।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...