२०८२ जेष्ठ ३०, शुक्रबार
June 13, 2025, Friday

आज कहाँ कस्तो छ, बाढीको जोखिम?

आज (आइतबार) मुलुकका ३० भन्दा बढी जिल्लाका खोला/नदीमा बाढी आउने सम्भावना रहेको र त्यसले जोखिम निम्त्याउन सक्ने उल्लेख गर्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।

महाशाखाले बाढी पूर्वानुमान बुलेटिन जारी गरी आज इलाम, झापा, पाचँथर, संखुवासभा, मकवानपुर, बारा, पर्सा र आसपास भई बहने केही ससाना नदीमा बहाव उल्लेख्य बढ्ने तथा केहीमा आकस्मिक बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो।

यसैगरी आज मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, चितवन, रुपन्देही, कपिलवस्तु, पाल्पा, नवलपरासी (बर्दघाट सुस्तापूर्व) र नवलपरासी (बर्दघाट सुस्तापश्चिम), स्याङजा, गुल्मी, अर्घाखाँची, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला र आसपास भई बहने केही ससाना नदीमा पनि बहाव बढ्नसक्ने महाशाखाले जनाएको छ।

सबै प्रदेशमा पानी पर्ने, कोशी, लुम्बिनी र सुदूरपश्चिममा ‘भारी’ वर्षाको सम्भावना

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०८० असार १७

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP