२०८३ भाद्र २९, सोमबार
September 14, 2026, Monday

आज कहाँ कस्तो छ, बाढीको जोखिम?

आज (आइतबार) मुलुकका ३० भन्दा बढी जिल्लाका खोला/नदीमा बाढी आउने सम्भावना रहेको र त्यसले जोखिम निम्त्याउन सक्ने उल्लेख गर्दै सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।

महाशाखाले बाढी पूर्वानुमान बुलेटिन जारी गरी आज इलाम, झापा, पाचँथर, संखुवासभा, मकवानपुर, बारा, पर्सा र आसपास भई बहने केही ससाना नदीमा बहाव उल्लेख्य बढ्ने तथा केहीमा आकस्मिक बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो।

यसैगरी आज मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, चितवन, रुपन्देही, कपिलवस्तु, पाल्पा, नवलपरासी (बर्दघाट सुस्तापूर्व) र नवलपरासी (बर्दघाट सुस्तापश्चिम), स्याङजा, गुल्मी, अर्घाखाँची, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बैतडी, दार्चुला र आसपास भई बहने केही ससाना नदीमा पनि बहाव बढ्नसक्ने महाशाखाले जनाएको छ।

सबै प्रदेशमा पानी पर्ने, कोशी, लुम्बिनी र सुदूरपश्चिममा ‘भारी’ वर्षाको सम्भावना

Related News

राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
राप्रपा डोटीको अध्यक्षमा अग्रवाल सर्वसम्मत निर्वाचित
  • २०८० असार १७

  दिपायल — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) डोटीकाे अध्यक्षमा खडक...

TOP